प्रभु बैंकको ४६ लाख ७४ हजार संस्थापक सेयर बिक्रीमा


प्रभु बैंकले संस्थापक समूहको ४६ लाख ७४ हजार ३ सय ९६ कित्ता सेयर बिक्री खुल्ला गरेको छ ।

सेयर खरिदका लागि इच्छुक विद्यमान संस्थापकहरु, इच्छुक व्यक्ति वा कम्पनी, संघ संस्थाहरुले आवेदन पेश गर्न सक्ने प्रभु बैंकले जनाएको छ । सेयरको मूल्य प्रतिकित्ता १२३ रुपैयाँ तोकिएको छ । आवेदकले फागुन २६ गतेसम्म आवेदन दिइसक्नु पर्ने छ ।

बोलपत्र आवेदन फाराम प्रभु क्यापिटल लिमिटेड, कमलादी काठमाडौंबाट लिन सकिनेछ । बोलपत्र आवेदन फारममा आफुले लिन चाहेको सेयर संख्या तथा प्रति कित्ता दर अंक र अक्षरमा स्पष्ट लेख्नु पर्नेछ । उक्त सेयरको बिक्री प्रवन्धकको रुपमा प्रभु क्यापिटल रहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।