वैकल्पिक ऊर्जा प्रवर्धन केन्द्रको कार्यकारी निर्देशक पदका लागि दरखास्त आह्वान


ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयले वैकल्पिक ऊर्जा प्रवर्धन केन्द्रको कार्यकारी निर्देशक पदका लागि दरखास्त आह्वान गरेको छ ।

उक्त पदका लागि अर्थशास्त्र, व्यवस्थापन, इन्जिनियरिङ वा ऊर्जा सम्बन्धी विषयमा स्नातकोत्तर उपाधिसहित वैकल्पिक ऊर्जाको क्षेत्रमा कम्तिमा १० वर्ष काम गरेको अनुभव हुनुपर्ने सूचनामा उल्लेख छ ।

माथि उल्लेखित शैक्षिक योग्यता र कार्य अनुभव भएको व्यक्तिले आइतबारदेखि १५ दिनभित्र आफ्नो हस्ताक्षरसहितको बायोडाटा, दुई हजार शब्दमा नबढाइ लेखिएको चार वर्षे व्यवसायिक कार्ययोजना प्रस्ताव, हाल कुनै संस्थामा कार्यरत रहेको भए सो संस्थाको सहमति र नोटरी पब्लिकबाट प्रमाणित नेपाली नागरिकता, शैक्षिक योग्यता र कार्य अनुभवका प्रमाणपत्रहरु पेश गर्नुपर्ने केन्द्रले जनाएको छ ।

थप जानकारीको लागी ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयको फोन नम्बर ०१-४२११५३१ वा मन्त्रालयको वेवसाइड www.moewri.gov.np अथवा वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रको वेवसाइड www.aepc.gov.np मा सम्पर्क गर्न भनिएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।