पाँच करोड लगानीमा ‘चितवन ड्राइभिङ स्कुल’


चितवन ड्राइभिङ स्कुल प्रालिले आधुनिक सुविधासहित चितवन ड्राइभिङ स्कुल सञ्चालनमा ल्याइएको छ ।

प्रालिले पाँच करोड रुपैयाँ भन्दा बढीका लगानीमा भरतपुर महानगरपालिका–४ लंकुुमा सो स्कुल शनिबारदेखि सञ्चालनमा ल्याएको हो ।

हालै बागमती प्रदेश यातायात व्यवस्था कार्यालयले चितवनबाट चालक अनुमतिपत्र (लाइसेन्स) वितरण प्रक्रिया सुरुआत गरेसँगै सो स्कुल सञ्चालनमा आएको जनाइएको छ ।

सो कार्यालयद्वारा जारी ‘सवारी चालक प्रशिक्षण केन्द्र सञ्चालन निर्देशिका, २०७४’ का अनुसार चितवनमा सो स्कुलले सञ्चालनको पहिलो अनुमति पाएको थियो ।

स्कुलमा फरक क्षमता (अपाङ्गता) भएका व्यक्तिलाई पनि विशेष प्रशिक्षणको व्यवस्था रहेको र अहिले स्कुलमा पाँच कमजोर शारीरिक अवस्थाका व्यक्तिले निःशुल्क प्रशिक्षण लिइरहेको बताइएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।