सोमबारको विदेशी मुद्राको विनिमय दर यस्तो छ


नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ ।

जस अनुसार आज डलर एकको खरिद दर १३२ रुपैयाँ ११ पैसा छ भने बिक्री दर १३२ रुपैयाँ ७१ पैसा रहेको छ। अष्ट्रेलियन डलर एकको खरिद दर ८८ रुपैयाँ ८६ पैसा र बिक्री दर ८९ रुपैयाँ २६ पैसा रहेको छ ।

यस्तै युरो एकको खरिद दर १३९ रुपैयाँ ३५ पैसा र बिक्री दर १३९ रुपैयाँ ९८ पैसा रहेको राष्ट्र बैंकले सार्वजनिक गरेको सूचीमा उल्लेख छ ।

बेलायती पाउण्ड एकको खरिद दर १५७ रुपैयाँ ८२ पैसा र बिक्री दर १५८ रुपैयाँ ८४ पैसा रहेको छ । कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ०७ पैसा र बिक्री दर ३६ रुपैयाँ २३ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।