सिद्दार्थ इन्स्योरन्सको बोनस नेप्सेमा सूचीकृत

0
Shares

सिद्दार्थ इन्स्योरेन्सको बोनस सेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको छ ।  सिद्दार्थ इन्स्योरेन्सको चुक्ता पुँजीको ९ प्रतिशतले हुन आउने ११ लाख ५९ हजार २०० हजार कित्ता बोनस सेयर फागुन १४ गते आइतबार नेप्सेमा सूचीकृत भएको हो ।

कम्पनीले गत आर्थिक वर्षको नाफाबाट उक्त बोनस सेयर वितरण गरेको थियो । सूचीकृत बोनस सेयर साधारण सभाका लागि बुकक्लोजको अघिल्लो दिनसम्म कायम लगानीकर्ताहरुले डिम्याट खातामा आएपछि धितोपत्रको दोस्रो बजारमा खरिद बिक्री गर्न सक्नेछन् ।

सिद्दार्थ इन्स्योरेन्सको २०७९ पुस २९ गते सम्पन्न भएको २१ औं वार्षिक साधारण सभा र लाभांश वितरण प्रयोजनार्थ कम्पनीले पुस १८ गते बुकक्लोज गरेको थियो । बुकक्लोज अनुसार पुस १७ गतेसम्म नेप्सेमा सेयर कारोबार भई कायम रहेका सेयरधनीहरुले मात्र लाभांश पाउनेछन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।