आत्मनिर्भर लघुवित्तको आईपीओमा आवदेन दिने आज अन्तिम दिन


आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओ भर्ने आज अन्तिम दिन हो ।

सर्वसाधारण लगानीकर्ताका लागि फागुन ११ गते बिक्री खुल्ला गरेको आईपीओमा आज (सोमबार) कार्यालय अवधिसम्म आवेदन दिन सकिनेछ । लघुवित्तले सर्वसाधारणका लागि प्रति सेयर १०० रुपैयाँ अंकित मूल्यका १ लाख ६९ हजार ७५५ कित्ता सेयरका लागि आवेदन खुला गरेको हो ।

सो आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्ता सेयरका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा १ हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् ।

कम्पनीको आईपीओमा लगानीकर्ताले सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडले विकास गरेको मेरो सेयरको मोबाइल एप, मेरो सेयरको वेवसाइट तथा नेपाल धितोपत्र बोर्डबाट आस्वा स्वीकृती प्राप्त गरेका सम्पूर्ण बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट सिआश्वा प्रणाली मार्फत आवेदन गर्न सक्नेछन् ।

आईपीओ निष्काशनका लागि गराएको रेटिङ्ग अनुसार केयर रेटिङ्ग नेपालले कम्पनीलाई केयर एनपी सिंगल बी प्लस इस्यूअर रेटिङ्ग प्रदान गरेको छ। यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा उच्च जोखिम रहेको संकेत गर्दछ।

कम्पनीको धिताेपत्र निष्कासन तथा बिक्री प्रबन्धक सनराइज लिमिटेड रहेको छ ।

कम्पनीकाे आईपीओमा सोमबार बिहान १० बजेसम्ममा १३ लाख ९३ हजार ५०६ जनाले १ करोड ५५ लाख १० हजार १७० कित्ताको आवेदन दिएका छन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।