पूर्वस्वीकृति नलिई अन्तर्वार्ता लिने एसिया पावर रिक्युटमेन्ट कारबाहीमा


वैदेशिक रोजगार विभागले गैरकानूनी रुपमा अन्तर्वार्ता लिएको भन्दै एसिया पावर रिक्युटमेन्ट कन्ट्रक्सन प्रालिलाई कारबाही गरेको छ ।

आइतबार हेभी डाइभरका लागि मागको पूर्वस्वीकृति नलिई अन्तर्वार्ता लिएको सूचनाका आधारमा विभागले सो कन्ट्रक्सनमा छापा मारेको थियो । अनुगमनमा विभागले २०० संख्याको उपस्थितिमा अन्तर्वार्ता लिइरहेको भेटाएको हो । यस्तै विभागले संस्थाले संकलन गरेको १९ थान पासपोर्टहरू पनि बरामद गरिएको छ ।

वैदेशिक रोजगार ऐन, २०६४ को दफा ६१ मा वैदेशिक रोजगारीमा कामदार पठाउन म्यानपावर कम्पनीले पूर्वश्रम स्वीकृति र सम्बन्धित निकायलाई जानकारी नगराई अन्तर्वार्ता गरे ६ महिनासम्म कामकारबाही रोक्का र ऐनअनुसार आर्थिक जरिवाना गर्न सक्ने व्यवस्था छ ।

सोही अनुसार छानबिन प्रतिवेदन सार्वजनिक नहुँदासम्मका लागि ६ महिना निलम्बन गरिएको विभागले जनाएको छ। ऐनमा कारबाहीस्वरुप ३ लाख देखि ५ लाखसम्म जरिवाना र तीन वर्षदेखि सात वर्षसम्म कैदको समेत व्यवस्था छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।