यस्तो छ मंगलबारको विदेशी मुद्राको विनिमय दर


नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ ।

जस अनुसार आज डलर एकको खरिद दर १३२ रुपैयाँ २४ पैसा छ भने बिक्री दर १३२ रुपैयाँ ८४ पैसा रहेको छ। अष्ट्रेलियन डलर एकको खरिद दर ८८ रुपैयाँ ८२ पैसा र बिक्री दर ८९ रुपैयाँ २२ पैसा रहेको छ ।

यस्तै युरो एकको खरिद दर १३९ रुपैयाँ ६९ पैसा र बिक्री दर १४० रुपैयाँ ३२ पैसा रहेको राष्ट्र बैंकले सार्वजनिक गरेको सूचीमा उल्लेख छ ।

बेलायती पाउण्ड एकको खरिद दर १५८ रुपैयाँ ४४ पैसा र बिक्री दर १५९ रुपैयाँ १६ पैसा रहेको छ । कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ २३ पैसा र बिक्री दर ३६ रुपैयाँ ३९ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

यस्तै मलेसियन रिंगिट एकको खरिद दर २९ रुपैयाँ ५३ पैसा रहेको छ र बिक्री दर २९ रुपैयाँ ३६ पैसा रहेको छ भने साउदी अरबियन रियल खरिद दर ३५ रुपैयाँ ३२ पैसा र बिक्री दर ३५ रुपैयाँ ३९ पैसा रहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।