कुमारी बैंकको साढे २ लाख बढी कित्ता सेयर बिक्रीमा


कुमारी बैंकले आफ्नो स्वामित्वमा रहेको साढे २ कित्ता संस्थापक सेयर बिक्री गर्ने भएको छ । बैंकले मंगलबार सूचना जारी गर्दै २ लाख ९६ हजार कित्ता संस्थापक सेयर बिक्री गर्ने जनाएको हो ।

उक्त सेयरका लागी इच्छुक व्यक्ति, संस्था वा कम्पनीले उक्त सेयरमा मंगलबार (आज) देखि फागुन ३० गतेसम्म बिक्री प्रबन्धक कुमारी क्यापिटल लिमिटेड नागपोखरी, नक्सालमा आवेदन शिलबन्दी बोलपत्र आवेदन पेश गर्नुपर्ने छ ।

संस्थापक तर्फको लागि १० हजार कित्तादेखि अधिकतम बिक्री खुला गरिए बराबरको रकम (२ लाख ९६ हजार) सम्मको बोलपत्र पेस गर्न सकिने छ । तर बोलपत्र पेश गर्दानेपाल राष्ट्र बैंकले तोकेको अधिकतम सीमाको अधिनमा रही पेश गर्नुपर्ने छ ।

सेयरको न्युनतम मूल्य ११९ रुपैयाँ तोकिएको छ । बोलपत्रको छानबिन गरी रितपूर्वक प्राप्त बोलपत्रहरु मध्ये सबैभन्दा बढी बोलकबोल गर्ने आवेदकहरुलाई सेयर बाँडफाँड गरिने छ । 

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।