कोरिया जाने मौसमी कामदारले शूल्क बुझाउनु नपर्ने, ठगीबाट बच्न विभागको आग्रह


वैदेशिक रोजगार विभागले ठगी गर्ने क्रम बढेको भन्दै विदेश पठाइदिन्छु भनी पैसा लिनेबाट सचेत हुन आग्रह गरेको छ ।

पछिल्लो समय मौसमी कामदार भिसामा कुनै शुल्क नलाग्ने भएपनि कतिपय व्यक्ति तथा संस्थाहरुले पैसा लिने गरेको बिताउँदै विभागले भ्रामक सूचनाको पछाडि नलाग्न सूचित गराएको हो ।

अनलाइन माध्यमहरुमा भ्रामक सूचना प्रकाशन गरी श्रमिकहरुलाई मौसमी कामदारको रुपमा दक्षिण कोरिया पठाइदिने प्रलोभनमा पारेर ठगी गर्ने क्रम बढेको छ ।

विभागमा यसरी ठगिने गरेको उजुरी व्यापक आउन थालेकोले यस्तो सूचना जारी गरिएको अधिकारी कृष्णप्रसाद भुसालले बताए ।
निर्देशिकाबमोजिम मौसमी कामदार माग गर्ने र पठाउनेसम्बन्धी प्रारम्भिक प्रक्रियाको लागि सम्बन्धित नियोग र विभागमा कुनै विवरण पेश नभएको उनले जारी गरेको सूचनामा उल्लेख छ ।

‘कुनै जानकारी आवश्यक भए स्थानीय निकायको आधिकारिक पदाधिकारी वा यस विभाग वा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको कल सेन्टरमा वा अन्य फोनमा सम्पर्क गरी सत्यतथ्य बुझ्नुहुन सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ ।’ जारी सूचनामा भनिएको छ ।

विभागले कुनै जानकारीको आवश्यकता परेमा रुथानिय निकायको आधिकारीत पदाधिकारी, वैदेशिक रोजगार विभाग वा श्रम मन्त्रालयमा सम्पर्क गर्न आग्रह गरेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।