एनआईबिएल एस क्यापिटलद्वारा लगानी तथा म्युचुअल फण्ड सचेतना कार्यक्रम सम्पन्न


एनआईबिएल एस क्यापिटल लिमिटेडले छाँयादेबी कम्पेल्क्स ठमेल काठमाण्डौँ स्थित अलफ्ट होटलमा कार्यरत कर्मचारीहरुलाई लगानी तथा म्युचुअल फण्ड सम्बन्धी सचेतना कार्यक्रम सञ्चालन गरेको छ ।

उक्त कार्यक्रममा सहभागीहरुलाई नेपालको धितोपत्र बजारबारे जानकारी गराउनुका साथै खुलामुखी तथा बन्दमुखी म्युचुअल फण्ड योजना, खुलामुखी योजना अन्तरगत रहेको व्यवस्थित लगानी योजना (सिस्टमेटिक इन्भेष्टमेन्ट प्लान) सम्बन्धी सम्पूर्ण जानकारी गराईएको थियो ।

कार्यक्रममा क्यापिटलले हाल प्रदान गरिरहेको धितोपत्र बजार सम्बन्धी अन्य सेवाहरु लगानी व्यवस्थापन सेवा, संस्थागत परामर्श सेवा आदिको बारेमा साथै बजारका विभिन्न लगानी उपकरणहरुको बारेमा छलफल भएको थियो । सहभागीहरुका विभिन्न जिज्ञासाहरुको सम्बोधन समेत गरिएको थियो । यस प्रकारको कार्यक्रमले लगानीकर्ताहरुमा लगानी सम्बन्धी निरन्तर सचेतना अभिवृद्धि भएर जाने विश्वास एनआईबिएल एस क्यापिटलले लिएको छ ।

एनआईबिएल एस क्यापिटल लिमिटेड नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडको पूर्ण स्वामित्वमा रहेको संस्था हो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।