बिपिडब्लुको आईपीओ बाँडफाँड, कतिले पाए सेयर ?


बिपिडब्लु लघुवित्तले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि जारी गरेको आईपीओ बाँडफाँड गरेको छ । ब्रिक्री प्रबन्धक मेगा क्यापिटलका अनुसार फागुन १६ गते मंगलबार आईपीओ बाँडफाँड भएको हो ।

धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका २०७४ बमोजिम वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि जारी गरिएको ९ हजार ७०० कित्ता सेयर बाँडफाँड गरिएको हो । यसमा वैदेशिक रोजागरीमा रहेका नेपालीहरूले अधिकतम १० कित्ताका दरले सेयर पाएका छन् । कुल आवेदकमध्ये ९७० जनाले मात्र गाेलाप्रथाबाट १० कित्ता हात पारेका छन् ।

कम्पनीले सर्वसाधारणमा निष्काशन हुने ९७ लाख रुपैयाँ बराबरको ९७ हजार कित्ता साधारण सेयर निष्कासनका लागि छुट्टाएको थियो । सोमध्येको १० प्रतिशत बराबरको ९ हजार ७ सय कित्ता सेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती प्राप्त गरी विदेशमा रोजगार गरी रहेका नेपालीहरुका लागि माघ २२ देखि फागुन ८ गतेसम्मका लागि निष्काशन गरेको थियो ।

जसमा १० कित्तादेखि १००० कित्तासम्म माग गर्ने १५ हजार ९१८ जना मध्ये ९७० जनालाई १० कित्ताका दरले सेयर बाँडफाँड गरिएको छ । आइपीओमा आवेदन गरेका १४ हजार ९४८ जनाकाे हात भने खाली भएकाे छ ।

कम्पनीले सर्वसाधारण लगानीकर्ताहरुका लागि भने फागुन १८ गतेदेखि साधारण सेयर जारी गर्ने छ ।

? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।