सानिमा बैंक र सीवाईसी लघुवित्तको बोनस नेप्सेमा सुचीकृत


सानिमा बैंक लिमिटेड र सीवाईसी लघुवित्त वित्तीय संस्थाको बोनस सेयर नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत भएको छ ।

सानिमा बैंकको चुक्ता पुँजीको १० प्रतिशत तथा सीवाईसी लघुवित्तको चुक्ता पुँजीको ३० प्रतिशत बोनस सेयर बुधबार नेप्सेमा सुचीकृत भएको हो ।

नेप्सेका अनुसार सानिमा बैंकको चुक्ता पुँजीको १० प्रतिशतले हुन आउने १ करोड १३ लाख २७ हजार ३७७ दशमलव ३३ कित्ता सेयर सूचीकृत भएको हो ।

बैंकको गत पुस ३ गते सम्पन्न भएको १८ औं वार्षिक साधारण सभाबाट सो बोनस सेयर अनुमोदन भएको थियो । साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ बैंकले मंसिर १९ गते बुकक्लोज गरेको थियो । बुकक्लोज अनुसार मंसिर १८ गतेसम्म नेप्सेमा सेयर कारोबार भई कायम रहेका लगानीकर्ताले मात्र बैंकको बोनस सेयर पाउनेछन् ।

यस्तै सीवाईसी लघुवित्तको ३० प्रतिशतले हुन आउने ३ लाख ६४ हजार ९२५ कित्ता बोनस सेयर पनि बुधबार नै सूचीकृत भएको छ । लघुवित्तको गत पुस ३० गते सम्पन्न भएको चौथो वार्षिक साधारण सभाबाट सो बोनस सेयर अनुमोदन भएको थियो ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ लघुवित्तले पुस १९ गते बुकक्लोज गरेको थियो । बुकक्लोज अनुसार पुस १८ गतेसम्म नेप्सेमा सेयर कारोबार भई कायम रहेका लगानीकर्ताले मात्र लघुवित्तको बोनस सेयर पाउनेछन् ।

? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।