चिनियाँ अर्थतन्त्र सुधारोन्मुख हुँदा एशियाली सेयर बजारमा हरियाली

0
Shares

चिनियाँ अर्थतन्त्र सुधारोन्मुख अवस्थामा पुगेसँगै एशियाली लगानीकर्ताहरुको मनोबल उच्च रहँदा सेयरबजारमा हरियाली छाएको छ ।

चीनको राष्ट्रिय तथ्यांक विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार हाल चीनमा औद्योगिक गतिविधिहरु १० वर्ष यताकै तीव्र गतिमा सञ्चालन भइरहेका छन् । जसले एशियाली लगानीकर्ताहरुमा आशा थपेको छ । लगानीकर्ताहरु उत्साहित हुँदा एशियाली सेयरबजार सकरात्मक सुधार देखिएको छ ।

जापान बाहिरको एशिया प्यासिफिक क्षेत्रको बृहत सेयर सूचांक एमएससीआई १ प्रतिशतले बढेको छ । चीनको ब्लुचीप सेयर सूचांक सीएसआइ ३०० आज १ प्रतिशतले उकालो लागेको छ भने चिनियाँ सेयर सूचांक साङघाइ कम्पोजीट सूचांक ०.६ प्रतिशतले बढेको छ ।

यस्तै हङकङको सेयर सूचांक ह्याङस्याङ २.६७ प्रतिशत, ह्याङस्याङ टेक सूचांक ४ प्रतिशत र मेनल्यान्ड र्पपटिज सूचांक ३.५ प्रतिशतले उकालो लागेको छ ।

भारतीय सेयर सूचांक बीएसई सूचांक ०.६७ प्रतिशत र नेपालको सेयर सूचांक नेप्से प्रि–ओपनिङमा ०.६ प्रतिशतले ओरालो लागेको छ ।

? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।