मेरो माइक्रोफाइनान्सको १० प्रतिशत बोनस वितरण

0
Shares

मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले १० प्रतिशत बोनस सेयर वितरण भएको छ ।

फागुन १५ गते धितोपत्र दोस्रो बजार (नेप्से) मा सूचीकृत भएको उक्त बोनस लघुवित्तले साधारण सभाका लागि तोकेको बुकक्लोजको अघिल्लो दिनसम्म नेप्सेमा सेयर कारोबार भई कायम रहेका सम्बन्धित लगानीकर्ताको हितग्राही (डिम्याट) खातामा जम्मा गरेको हो ।

लघुवित्तको माघ ६ गते सम्पन्न दशौं वार्षिक साधारण सभाबाट चुक्ता पुँजीको १० प्रतिशत बोनस सेयर र कर प्रयोजन सहित १० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित भएको थियो ।

साधारण सभा तथा लाभा.श वितरण प्रयोजनार्थ लघुवित्तले पुस २२ गते बुकक्लोज गरेको थियो । बुकक्लोजको आधारमा पुुस २१ गतेसम्म नेप्सेमा सेयर कारोबार भई कायम रहेका सेयरधनीहरूले मात्र लाभांश पाएका हुन् ।

कम्पनीले सभाबाट पारित नगद लाभांश भने बोनस र नगद लाभांशको करकट्टी गरी माघ ६ गतेदेखि नै सम्बन्धित सेयरधनीहरूको हितग्राही खातामा उल्लेख बैंक खातामै नगद लाभांश जम्मा गरिसकेको छ ।

पुस २१ गतेसम्म धितोबन्धक राखी कर्जा लिएका सेयरधनीहरुको लाभांश भने सम्बन्धित बैंक तथा वित्तीय संस्थाबाट नो अब्जेक्सन लेटल प्राप्त भएपछि मात्र जम्मा गरिने लघुवित्त कम्पनीको भनाई छ ।

उक्त मितिपश्चात् कर्जा चुक्ता भुक्तानी गरेका सदस्यहरूको हकमा भने सम्बन्धित बैंक तथा वित्तीय संस्थाको फुकुवा पत्र प्राप्त भएपछि मात्र नगद लाभांश जम्मा गरिने कम्पनीले जानकारी दिएको छ । कम्पनीको शेयर रजिष्ट्रारमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ ।

? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।