रिलायबल नेपाल लाइफद्धारा ललितपुर प्रहरीलाई सडक डिभाइडर सहयोग

0
Shares

रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले ललितपुर प्रहरीलाई सडक डिभाइडर सहयोग गरेको छ । कम्पनीले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत मिति २०७९ फागुन १६ गते जिल्ला प्रहरी परिसर ललितपुर लाई १२ थान सडक डिभाइडर हस्तान्तरण गरेको हो ।

उक्त कार्यक्रममा जिल्ला प्रहरी परिसर ललितपुरका प्रमुख सिद्घी विक्रम शाहले दुर्घटनाको जोखिम न्यूनिकरण गर्न यसले धेरै सहयोग पुग्ने बताए ।

यस्तै कम्पनीका वरिष्ठ सहायक महाप्रबन्धक दिपेश बाबु तिवारीले कम्पनीले बेला बखत गर्ने संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सडक दुर्घटनाको जोखिम न्यूनिकरण गर्न यस कम्पनीले जिल्ला प्रहरी परिसर ललितपुर लाई सडक डिभाइडर सहयोग गर्न पाउँदा खुसी व्यक्त गरे ।

‘जीवन बीमा जरुरी छ’ भन्ने मूल नाराका साथ स्थापना भएको कम्पनीले स्थापनाको छोटो समयमा नै नेपाली बीमा बजारमा ५० लाख भन्दा बढी बीमालेखहरु जारी गरी छुट्टै पहिचान राख्न सफल भएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।