सुपरमादीको आईपीओ सूचीकृत, पहिलो कारोबार अधिकतम २९९ रुपैयाँसम्म खुल्ने

0
Shares

सुपर मादी हाइड्रोपावरको सेयर बिहीबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको छ । कम्पनीको २ करोड १० लाख कित्ता सेयर धितोपत्र सूचीकरण विनियमावली, २०७५ बमोजिम आज सूचीकृत भएको हो ।

कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाका लागि १० लाख ५० हजार कित्ता, सर्वसाधारण लगानीकर्ताको लागि २१ लाख कित्ता र कम्पनीका संस्थापकहरुको लगानी रहेको १ करोड ७८ लाख ५० हजार कित्ता गरी कुल २ करोड १० लाख साधारण सेयर सूचीकृत गराएको हो ।

नेप्सेले सुपर मादीकोे आईपीओलाई पहिलो कारोबारका लागि प्रतिकित्ता न्यूनतम ९९ रुपैयाँ ३० पैसादेखि अधिकतम २९९ रुपैयाँ ४० पैसासम्मको सुरुवाती मुल्य तोकेको छ । यहि मूल्य रेञ्जभित्र कम्पनीको धितोपत्र आइतबारदेखि दोस्रो बजारमा सुचारु हुनेछ ।

दोस्रो बजारमा सेयर खरिद बिक्रीका लागि कम्पनीलाई नेप्सेले एसएमएचएल स्टक सिम्बोल तोकेको छ । यहि कारोबार संकेतमा कम्पनीको सेयर आइतबारदेखि कारोबारमा आउनेछ ।

बिहीबार सेयर सूचीकृत भएसँगै कम्पनीको सेयर धितोपत्रको दोस्रो बजारमा आइतबार देखि नै कारोबारमा आउनेछ । नेप्सेमा सेयर सूचीकृत भएको दोस्रो कारोबार दिनदेखि सम्बन्धीत कम्पनीके स्टक खरिद बिक्री हुन पाउने कानुनी व्यवस्था छ ।

कम्पनीले सूचीकरण पश्चात दिनुपर्ने सेयर रजिष्ट्रार (आरटिएस) सेवा सानिमा क्यापिटल लिमिटेड नक्साल काठमाण्डौं मार्फत हुनेछ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।