बिपिडब्लु लघुवित्तको आईपीओमा पहिलो दिनमै ३ लाख बढी आवेदन

0
Shares

बिपिडब्लु लघुवित्तको आईपीओमा पहिलो दिनमा नै ३ लाख बढी आवेदन परेको छ ।

सीडीएस एण्ड क्लियरिङ्ग लिमिटेडका अनुसार बिहीबार साँझ ५ बजेसम्ममा ३ लाख २ हजार १४१ वटा आवेदन परेको हो । उल्लेखित संख्याबाट ३३ करोड ६४ लाख ६५ हजार रुपैयाँ बराबरको ३३ लाख ६४ हजार ६५० कित्ताको खरिद आवेदन परेको छ । यो संख्या सर्वसाधारणबाट खरिद आह्वान भएको तुलनामा ४१.५६ गुणा बढी हो ।

कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपाली, कर्मचारी र सामुहिक लगानी कोषका लागि छुट्टाएर सर्वसाधारणबाट ८० करोड ९५ हजार मूल्यको ८० हजार ९५० कित्ता सेयर खरिदका लागि दरखास्त आह्वान गरेको थियो ।

फागुन १८ गते निष्कासन खुला भएको आईपीओमा फागुन २३ गतेसम्म आवेदन दिन सकिनेछ । ज्यादै थोरै कित्ता सेयर जारी भएकाले यसमा न्यूनतम १० कित्ताको लागि आवेदन गर्नु नै उचित हुनेछ ।

कम्पनीले आफ्नो जारी पुँजी ३ करोड रुपैयाँको ३२.३३ प्रतिशतले हुन आउने ९७ लाख रुपैयाँ बराबरको ९७ हजार कित्ता र्आइपीओ बिक्रीमा ल्याएको हो । जसमध्ये ९ हजार ७ कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई, १ हजार ५०० कित्ता सेयर कर्मचारीलाई र ४ हजार ८५० कित्ता सामूहिक लगानी कोषका लागि सुरक्षित गरिएको छ ।

लघुवित्तको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक मेगा क्यापिटल मार्केट लिमिटेड रहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।