बिपिडब्लु लघुवित्तको आईपीओ ११ लाख बढीले भरे, १५१.८७ गुणा आवेदन

0
Shares

बिपिडब्लु लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओमा आइतबार साँझसम्म ११ लाखभन्दा धेरै संख्याबाट मागका तुलनामा १५१.८७ गुणा आवेदन परेको छ ।

सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडका अनुसार साँझ ५ बजेसम्ममा ११ लाख १३ हजार ५८३ जना आवेदकले १ करोड २२ लाख ९३ हजार ६५० कित्ताका लागि आवेदन परेको हो । शुक्रबार साढे १ बजेसम्ममा १ः३३ बजेसम्ममा ६ लाख २२ हजार ७२० जना आवेदकले ६९ लाख ३६ हजार ३० कित्ताका लागि आवेदन परेको थियो ।

कम्पनीले सर्वसाधारणमा ८० हजार ९५० कित्ता सेयर खरिदका लागि दरखास्त आह्वान गरेको हो । फागुन १८ गतेदेखि निष्कासन भएको आईपीओमा फागुन २३ गतेसम्म आवेदन दिन सकिनेछ ।

आईपीओ खरीदका लागि मेरो सेयरको मोबाइल एप, मेरो सेयरको वेवसाइटबाट अनलाईन आवेदन दिन सकिनेछ । साथै नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट समेत आवेदन दिन सकिने व्यवस्था छ ।

न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्तासम्म माग गर्न सकिने व्यवस्था छ । आईपीओ निष्कासनका लागि गराएको रेटिङ्गमा इक्रा नेपालले कम्पनीलाई दायित्व वहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्ने इक्राएनपी इस्यूअर डबल बी माइनस रेटिङ्ग प्रदान गरेको छ ।
कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा मेगा क्यापिटल मार्केट्स लिमिटेड रहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।