यस्तो छ मंगलबारका लागि ताेकिएकाे विदेशी मुद्राको विनिमय दर


नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ ।

जसअनुसार मंगलबार अमेरिकी डलर एकको खरिद दर १३० रुपैयाँ ७६ पैसा छ भने बिक्री दर १३१ रुपैयाँ ३६ पैसा रहेको छ । अष्ट्रेलियन डलर एकको खरिद दर ८८ रुपैयाँ ०८ पैसा र बिक्री दर ८८ रुपैयाँ ४८ पैसा रहेको छ ।

यस्तै युरो एकको खरिद दर १३९ रुपैयाँ ०८ पैसा र बिक्री दर १३९ रुपैयाँ ७१ पैसा रहेको राष्ट्र बैंकले सार्वजनिक गरेको सूचीमा उल्लेख छ ।

बेलायती पाउण्ड एकको खरिद दर १५७ रुपैयाँ २५ पैसा र बिक्री दर १५७ रुपैयाँ ९७ पैसा रहेको छ । कतारी रियालको मूल्य एकको खरिद दर ३५ रुपैयाँ ८४ पैसा र बिक्री दर ३६ रुपैयाँ रहेको राष्ट्र बैंकले जनाएको छ ।

यस्तै मलेसियन रिंगिट एकको खरिद दर २९ रुपैयाँ २० पैसा रहेको छ र बिक्री दर २९ रुपैयाँ ३३ पैसा रहेको छ भने साउदी अरबियन रियल खरिद दर ३४ रुपैयाँ ८४ पैसा र बिक्री दर ३५ रुपैयाँ रहेको छ ।

? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।