प्रभु स्मार्ट फण्डको इकाईका लागि आवेदन दिने म्याद थप


प्रभु क्यापिटलले प्रभु स्मार्ट फण्डको इकाईका लागि आवेदन दिने म्याद थप गरेको छ ।

फागुन १८ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको फण्डमा फागुन २८ गतेसम्म आवेदन दिन सकिने भएको हो । यद्यपी, मागभन्दा बढी आवेदन परेमा सोभन्दा अगाडि नै निष्काशन बन्द हुने छ ।

 प्रभु क्यापिटलको व्यवस्थापनमा सञ्चालनमा आउन लागेको यस फण्डले प्रति इकाई १० रुपैयाँ अंकित दरमा ८० करोड बराबरको ८ करोड इकाई जारी गरेको हो ।

निष्काशित कुल ८ करोड इकाईमध्ये कोष प्रवर्धक प्रभु बैंक लिमिटेडले १ करोड १२ लाख इकाई र कोष व्यवस्थापक प्रभु क्यापिटल लिमिटेडले ८ लाख इकाई गरी कूल १ करोड २० लाख ईकाई सुरक्षित गरिएको छ । बाँकी ६ करोड ८० लाख इकाईका लागि सर्वसाधरणले फाल्गुण २८ गतेसम्म आवेदन दिन सक्नेछन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।