एनएमबि बैंकले ४ अर्बकाे ऋणपत्र निष्काशन गर्दै, बाेर्डले दियाे अनुमति


एनएमबि बैंक लिमिटेडले ४ अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्काशन गर्ने भएको छ ।  पुँजी बजारकाे नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) ले फागुन १८ गते बिहीबार ऋणपत्र निष्कासनका लागि अनुमति दिएको हो ।

बैंकले बिक्री गर्न अनुमति पाएकाे कुल ४० लाख कित्तामध्ये १६ लाख रुपैयाँ कित्ता ऋणपत्र सर्वसाधारणको लागि निष्कासन गर्नेछ भने बाँकी रहेको २४ लाख कित्ता ऋणपत्र भने व्यक्तिगत तबरबाट संघ संस्थालाइ बिक्री गर्ने छ ।

बैंकले जारी गर्ने दश वर्ष अवधि रहेको ‘एनएमबि डिबेञ्चर २०८९/९०’ का लगानीकर्ताले वार्षिक १०.७५ प्रतिशत ब्याजदर प्राप्त गर्नेछन् । ऋणपत्रको ब्याज अर्धवार्षिक रुपमा भुक्तानी हुनेछ ।

बैंकको उक्त ऋणपत्रमा निष्कासन तथा बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटल लिमिटेड छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।