बिपिडब्लु लघुवित्तको आईपीओमा आवेदनको ओइरो, २०७ गुणा माग

0
Shares

बिपिडब्लु लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओमा अन्तिम दिन साँझसम्ममा माग संख्याको तुलनामा २०७.१० गुणा बढी आवेदन परेको छ । न्यून संख्यामा सेयर जारी गरेको लघुवित्त कम्पनीको सेयरमा उच्च आकर्षण देखिएको हो ।

सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडका अनुसार फागुन २३ गते मंगलबार साँझ ५ बजेसम्म १५ लाख ३२ हजार ९७३ वटा आवेदन मार्फत १ करोड ६७ लाख ६५ हजार ५० कित्ताले हुन आउने १ अर्ब ६७ करोड ६५ लाख ५ हजार रुपैयाँ बराबरको माग परेको हो ।

फागुन २१ गते साँझ ५ बजेसम्ममा ११ लाख १३ हजार ५८३ जना आवेदकले १ करोड २२ लाख ९३ हजार ६५० कित्ताका लागि आवेदन दिएका थिए । कम्पनीले सर्वसाधारणमा ८० हजार ९५० कित्ता सेयर खरिदका लागि दरखास्त आह्वान गरेको हो । फागुन १८ गतेदेखि निष्कासन भएको आईपीओमा फागुन २३ गतेसम्म आवेदन खुला गरिएको हो ।

आईपीओ निष्कासनका लागि गराएको रेटिङ्गमा इक्रा नेपालले कम्पनीलाई दायित्व वहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्ने इक्राएनपी इस्यूअर डबल बी माइनस रेटिङ्ग प्रदान गरेको छ ।

कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा मेगा क्यापिटल मार्केट्स लिमिटेड रहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।