लोक सेवा आयोगले माग्यो ठूलो संख्यामा कर्मचारी


लोक सेवा आयोगले कर्मचारी पदपूर्तिका लागि दरखास्त आह्वान गरेको छ ।

आयोगले राजपत्र अनंकित द्वितीय श्रेणी (अप्राविधिक), खरिदार वा सो सहरका पदहरूका लागि खुला तथा समावेशी प्रतियोगितात्मक लिखित परीक्षाको विज्ञापन खुलाएको हो ।

१८ वर्ष पूरा भइ ३५ वर्ष ननाघेका योग्य व्यक्तिले चैत १४ गतेसम्म आवेदन दिन सकिने छ भने दोब्बर दस्तुरमा चैत २१ गतेसम्म आवेदन दिन सकिने छ । महिला तथा अपांगता भएका व्यक्तिको हकमा ४० वर्ष उमेर अधिकतम उमेर कायम गरिएको छ । आवेदन अनलाइनमार्फत दिन सकिने छ ।

शैक्षिक योग्यता

न्याय सेवा, न्याय\कानून\सरकारी वकिल समूह, प्रशासन सेवा, सामान्य प्रशासन समूह तथा संघीय संसद सेवा, सामान्य प्रशासन समूहका लागि मान्यता प्राप्त शिक्षण संस्थाबाट एस.एल.सी वा सो सरह उत्तीर्ण भएको हुनुपर्ने छ ।

प्रशासन सेवा, लेखा समूहकोलागि मान्यता प्राप्त शिक्षण संस्थाबाट गणित वा ऐन स्रेस्ता वा ऐच्छिक लेखा विषय लिई एस.एल.सी. वा सो सरह उत्तीर्ण भएको हुनुपर्ने छ ।

लेखापरीक्षण सेवाकोलागि मान्यता प्राप्त शिक्षण संस्थाबाट एस.ई.ई. मा कम्तिमा GPA2 प्राप्त गरी उत्तीर्ण वा एस.एल.सी. वा सो सरह उत्तीर्ण भएको हुनुपर्ने छ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।