मनकामना दरौदी हाइड्रोपावरले पुँजी वृद्धि गर्ने


मनकामना दरौदी हाइड्रोपावर लिमिटेडले पुँजी वृद्धि गर्न साधारण सभा आह्वान गरेको छ ।

कम्पनीले काठमाण्डौंको बागबजारमा रहेको होटल हार्दिकमा चैत १७ गते शुक्रबार बिहान ११ बजे सभा बोलाएको हो । हाइड्रोपावरको फागुन ११ गते सम्पन्न ५८ औं बैठकले चैत १७ गते सभाको मिति तय गरेको हो ।

सभाले आर्थिक वर्ष २०७८\०७९ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, वासलात तथा नाफा नोक्सान हिसाव, नगद प्रवाह विवरण माथि माथि छलफल गरि पारित गर्ने छ ।

साथै सभाले कम्पनीको अधिकृत पुँजी र जारी पुँजी वृद्धि गर्नुका साथै २०७९\०८० को लागी लेखा परिक्षक नियुक्ति गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।