प्रभु बैंकको संस्थापक सेयरमा आवेदन दिने म्याद थप


प्रभु बैंकले संस्थापक सेयरमा आवेदन दिने म्याद थप गरेको छ ।

बैंकले संस्थापक समूहको ४६ लाख ७४ हजार ३ सय ९६ कित्ता सेयरको लागी आवेदन दिने म्याद थप गरेको हो ।

सेयर खरिदका लागि इच्छुक विद्यमान संस्थापकहरु, इच्छुक व्यक्ति वा कम्पनी, संघ संस्थाहरुले अब चैत ५ गतेसम्म आवेदन पेश दिन सक्ने छन् । सेयरको मूल्य प्रतिकित्ता १२३ रुपैयाँ तोकिएको छ ।

बोलपत्र आवेदन फाराम प्रभु क्यापिटल लिमिटेड, कमलादी काठमाडौंबाट लिन सकिनेछ । बोलपत्र आवेदन फारममा आफुले लिन चाहेको सेयर संख्या तथा प्रति कित्ता दर अंक र अक्षरमा स्पष्ट लेख्नु पर्नेछ । उक्त सेयरको बिक्री प्रवन्धकको रुपमा प्रभु क्यापिटल रहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।