मेलम्चीको खानेपानी वितरणमा चुहावट छैन : आयोजना उपनिर्देशक


आयोजना उपनिर्देशक एवम् प्रवक्ता इन्जिनियर चन्द्रकुमार पाँ श्रेष्ठले मेलम्चीको खानेपानी वितरणका क्रममा चुहावट नदेखिएको बताएका छन् ।

उनले आज एक विज्ञप्ती जारी गर्दै तेस्रो पक्षबाट सडक तथा ढल निर्माण\मर्मत र विद्युतका केवल तथा टेलिफोनको तार भूमिगत गर्ने कार्य हुँदा क्षति पुगेका कारण चुहावट भएको बताएका हुन् ।

तेस्रो पक्षबाट क्षति भएका पाइपलाइनको तत्कालै मर्मत गर्ने गरिएको र तेस्रो पक्षबाट क्षतिपूर्ति वापतको रकम सोधभर्ना लिने कार्य समेत अगाडि बढाइएको उनको भनाइ छ ।

यस्तै उनले काठमाण्डौं उपत्यकामा अन्तिम परीक्षण सम्पन्न भएका क्षेत्रका करिव ३ सय किलोमिटर नयाँ पाइपलाइनबाट नियमितरूपमा मेलम्चीको खानेपानी वितरण हुँदै आएको बताए ।

चक्रपथभित्रका अधिकाङ्श क्षेत्रमा विच्छ्याइएका १ हजार ०१० किलोमिटर खानेपानीका नयाँ पाइपलाइनमध्ये करिव ५६० किलोमिटर पाइपलाइनको प्रारम्भिक परीक्षण सम्पन्न भई तीमध्ये अन्तिम परीक्षण सम्पन्न भएका करिव ३०० किलोमिटर पाइपलाइनबाट नियमितरूपमा मेलम्चीको खानेपानी वितरण हुँदै आएको हो ।

अन्य क्षेत्रमा भने पुरानै पाइपलाइनबाट मेलम्चीको खानेपानी वितरण हुने गरेको छ ।
?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।