युनाईटेड मोदी हाइड्रोपावरको साधारण सभा आह्वान


युनाईटेड मोदी हाइड्रोपावर कम्पनी लिमिटेडले चैत २३ गते बिहीबार वार्षिक साधारण सभा आह्वान गरेको छ ।

सभा कम्पनीको फागुन २५ गते बसेको संचालक समितिको बैठकको निर्णय अनुसार काठमाण्डौंमा रहेको हेरिटेज प्लाजा -२ कमलादीमा भर्चुअल माध्यमबाट हुने छ ।

सभाले कम्पनीको जारी पूँजी बृद्धि गरी चुक्ता पूँजीको ७ प्रतिशत बोनश सेयर तथा ०.३६८ प्रतिशत कर प्रयोजनका लागि नगद लाभांश प्रदान गर्नुका साथै वार्षिक प्रतिवेदन, लेखापरिक्षकको प्रतिवेदन सहितको आर्थिक वर्ष २०७८ र ०७९ का वासलात, नाफा नोक्सान हिसाब र नगद प्रवाहको विवरण लगायत वित्तिय विवरणहरु उपर छलफल गरी पारित गर्ने छ ।

यस्तै सभाले लेखापरीक्षण कार्यको लागि लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।