भिजन लुम्बिनी उर्जा कम्पनीले ३८ करोडको आईपीओ ल्याउने

0
Shares

भिजन लुम्बिनी उर्जा कम्पनी लिमिटेडले ३८ करोड २५ लाख रुपैयाँ बराबरको प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) बिक्रीमा ल्याउने भएको छ ।

कम्पनीले फागुन २१ ग्ते आइतबार प्रतिकित्ता १०० रुपैयाँको दरले कुल ३८ लाख २५ हजार कित्ता सेयर बिक्री गर्न पुँजी बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) समक्ष निवेदन पेश गरेको छ ।

कम्पनीले आयोजना प्रभावित स्थानीय बासिन्दा, वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिक र आम सर्वसाधारणलाई आइअिओ निष्काशन गर्न लागेको हो ।

बोर्डबाट बिक्री अनुमति पाएपछि कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानीय बासिन्दा, वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिक आईपीओ निष्कासन गर्नेछ ।

कम्पनीको धितोपत्र निष्कसन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ ।

भिजन लुम्बिनी उर्जा कम्पनीले कास्कीको माछापुच्छ्रे गाउँपालिका स्थित सेती नदीमा २५ मेगावाट क्षमताको “सेतिनदी जलविद्युत आयोजना” निर्माण गरिरहेको छ । आयोजनाको अधिकांश संरचना माछापुच्छ्रे गाउँपालिकाको वडा नम्बर २ र यसको अलावा वडा नम्बर १, ३, ४ र पोखरा महानगर पालिकाको वडा नम्बर १९ को केहि भागमा रहने छ ।

यस आयोजनाको विद्युत उत्पादन गर्नुपर्ने मिति (आरसिओडी) २०८० साउन ४ गतेलाई तोकिएको छ । तोकिएको समयभन्दा २ महिना अगावै उत्पादन सुरु गर्ने योजना सहित काम गरिरहेको कम्पनीले जनाएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।