चिलिमे जलविद्युत कम्पनीको बोनस नेप्सेमा सूचीकृत


चिलिमे जलविद्युत कम्पनीको ५० लाख ६३ हजार कित्ता बोनस सेयर नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) मा साेमबार सूचीकृत भएको छ ।

धितोपत्र सूचीकरण विनियमावली, २०७५ बमोजिम नेप्सेमा कारोबार हुन सक्नेगरी जलविद्युत कम्पनीको चुक्ता पूँजीको ७.५० प्रतिशतले हुन आउने ५० लाख ६३ हजार ८४६ कित्ता सेयर सूचीकृत भएको हो । सूचीकृतपश्चात् सो सेयर सम्बन्धीत सेयरधनीहरुको हितग्राही खातामा जम्मा भएपछि खरिद बिक्री गर्न पाउनेछन् ।

चिलिमेको पुस २२ गते सम्पन्न भएको २६ औं वार्षिक साधारण सभाबाट पारित भएको ७.५० प्रतिशत बोनस सेयर पारित भएको थियो । उक्त बोनस सेयर आज नेप्सेमा सूचीकृत भएको हो । सभाले चुक्ता पुँजीको ७.५० प्रतिशत बोनस र ७.५० प्रतिशत नगद गरी कुल १५ प्रतिशत लाभांश अनुमोदन गरेको थियो ।

२६ औं वार्षिक साधारण सभाका र लाभांश वितरण प्रयोजनार्थ कम्पनीले पुस ३ गते बुकक्लोज गरेको थियो । बुकक्लोज अनुसार पुस २ गतेसम्म नेप्सेमा सेयर कारोबार भई कायम रहेका सेयरधनीहरुले मात्र लाभांश पाउनेछन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।