आइएमई लाइफले १७६ रुपैयाँ प्रिमियममा आईपीओ ल्याउने, सेबोनसँग अनुमति माग

0
Shares

आइएमई लाइफ इन्स्योरेन्सले प्रिमियममा आइपीओ जारी गर्न पुँजी बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) मा निवेदन दिएको छ ।

कम्पनीले अंकित मूल्य १०० रुपैयाँमा प्रतिसेयर १७६ रुपैयाँ प्रिमियम सहित प्रतिकित्ता २७६ रुपैयाँको दरमा १ करोड २० लाख कित्ता आईपीओ बिक्री गर्न फागुन २८ गते आइतबार सेबोनसँग अनुमति मागेको हो ।

आइएमई लाइफ इन्स्योरेन्सको हाल चुक्ता पूँजी २ अर्ब ८० करोड रुपैयाँ रहेको छ । बीमा प्राधिकरणले तोके अनुसार चैत मसान्तसम्ममा जीवन बीमा कम्पनीहरुले ५ अर्ब रुपैयाँ चुक्ता पुँजी कायम गर्नुपर्ने हुन्छ ।

आइएमई लाइफलाई नेपाल बीमा प्राधिकरणले यसअघि नै प्रिमियममा आइपीओ निष्काशन गर्ने अनुमति दिईसकेको छ । प्राधिकरणले नेटवर्थको दुई गुणा भन्दा बढि नहुने गरी प्रिमियममा आईपीओ निष्कासन गर्न कम्पनीलाई स्वीकृती दिएको हो ।

प्राधिकरणले विद्यमान कुनै पनि बीमा सम्बन्धी कानुनमा प्रिमियममा आईपीओ निष्काशन गर्न नहुने भन्ने व्यवस्था नभएको र कम्पनी ऐन २०६३ अनुसार प्रिमियममा आईपीओ निष्काशन गर्न मिल्ने व्यवस्था रहेको भन्दै स्वीकृति दिएको छ ।

कम्पनीको आईपीओ निष्कासनपछि आइएमई लाइफको चुक्ता पुँजी ४ अर्ब रुपैयाँ पुग्नेछ । यसपछि कम्पनीलाई प्राधिकरणले तोकेको पुँजी कायम गर्न १ अर्ब थप पुँजी आवश्यक पर्नेछ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।