रेमिट र सिम्बुवा रेमिट हाइड्रोले डाके साधारण सभा


रेमिट र सिम्बुवा रेमिट हाइड्रोले एकैदिन विशेष साधारण सभा आह्वान गरेका छन् ।

दुइ वटै कम्पनीले प्रबन्धपत्र र नियमावली संशोधन गर्न चैत १६ गते बिहीबार सभा बोलाएका हुन् ।

रेमिट हाइड्रोको साधारण सभा नयाँ बानेश्वरमा रहेको कम्पनी कार्यालयको भवन अपराह्न्न ३ बजे सुरु हुनेछ । सभाले कम्पनीको सेयरको संरचना परिवर्तन गर्नुका साथै प्रबन्धपत्र र नियमावली संशोधन गर्ने छ । यस्तै सभाले प्रबन्धपत्र र नियमावली समायोजन गर्ने अधिकार सन्चालक समितिलाई दिने छ ।

कम्पनीको फागुन ३० गते बसेको १५९ औं बैठकले साधारण सभा गर्ने निर्णय गरेको होे ।

उता सिम्बुवा रेमिट हाइड्रोको सााधारण सभा नयाँ बानेश्वरमा रहेको कम्पनी कार्यालयको भवनमा दिउँसो २ बजे सुरु हुनेछ । सभाले प्रबन्धपत्र र नियमावली संशोधन गर्ने छ । कम्पनीको फागुन २९ गते बसेको ४३ औं बैठकले साधारण सभा गर्ने निर्णय गरेको हो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।