मेटाले दोस्रो चरणमा १० हजार कर्मचारी हटाउँदै


फेसबुकको अभिभावक कम्पनी मेटा प्लेटफर्मले पुनः १० हजार कर्मचारीहरू कटौती गर्ने लागेको बताएको छ ।

११ हजार कर्मचारीहरूलाई हटाएको चार महिनापछि मेटाले १० हजार कर्मचारीहरू हटाउन लागेको हो । 

‘हामी अप्रिलको अन्त्यमा हाम्रो प्राविधिक समूहहरूमा र त्यसपछि मेको अन्त्यमा हाम्रो व्यापार समूहहरूमा पुनर्संरचना र केही कटौतीको घोषणा गर्दैछौं’ कम्पनीले जनाएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।