भारतबाट घटेर आयो पेट्रोल र डिजेलको मूल्य


भारतीय आयल कर्पोरेसन (आईओसी) ले पेट्रोल र डिजेलको मूल्य घटाएर पठाएको छ ।

आईओसीले पठाएको नयाँ मूल्य सूचीमा डिजेल प्रतिलिटर १ रुपैयाँ ७४ पैसा र पेट्रोल प्रतिलिटर ८६ पैसा घटेर आएको निगमले जनाएको छ । हाल बजारमा पेट्रोल प्रतिलिटर १७८ रुपैयाँ र डिजेल तथा मट्टीतेल प्रतिलिटर १७५ रूपैयाँ छ ।

पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य घटबढ भइरहँदा त्यसको असर नेपालमा पनि देखा परेको हो । आईओसीले नेपाल आयल निगमलाई १५–१५ दिनमा इन्धनको नयाँ मूल्य सूची पठाउँछ ।

भारतबाट पेट्रोलियम पदार्थको मूल्य घटेर आएपनि पट्रोलियम पदार्थको नयाँ मूल्य सूचीबारे के गर्ने भन्नेबारे बोर्ड बैठक बसेर निर्णय गरिने बताइएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।