राष्ट्रिय बीमा कम्पनीले माग्यो २४ जना कर्मचारी


राष्ट्रिय बीमा कम्पनी लिमिटेडले विभिन्न १० पदमा कर्मचारी माग गरेको छ ।

कम्पनीले व्यवस्थापक देखि सहायकसम्म २४ जना कर्मचारी खुला प्रतियोगितात्मक परिक्षाद्वारा पदपूर्ति गर्न लागेको हो ।

कम्पनीले प्रशासन व्यवस्थापक मा १ जना, प्रशासन सह व्यवस्थापक १ जना, प्रशासक चार्टर्ड एकाउन्टेन्डमा महिला १ जना, नायव व्यवस्थापकमा खुल्ला र दलित गरी २ जना, नायव व्यवस्थापक (चार्टर्ड एकाउन्टेन्ड) मा महिला १ जना, कानुन अधिकृतमा महिला १ जना महिला, सूचना प्रविधि अधिकृतमा महिला १ जना सहायक व्यवस्थापकमा ९ जना, प्रशासक सहायक ‘क’ मा १ जना र प्रशासक सहायक ‘ख’ मा ६ जना गरी २४ जना कर्मचारी माग गरेको छ ।

इच्छुक योग्गता पुगेको नेपाली नागरिकले आज (चैत ३) गते देखि २१ दिन भित्र दरखास्त बुझाउनु पर्ने छ । दोब्बर दस्तुरमा भने चैत ३० गतेसम्म आवेदन दिन सक्ने छन् ।

राष्ट्रिय बिमा कम्पनी लिमिटेड एक सरकारी स्वामित्वको सार्वजनिक सीमित कम्पनी हो । यो साविकको राष्ट्रिय बीमा संस्थानको निर्जीवन बीमा विभाग थियो ।

यो कम्पनी वि,सं २०७१ बैशाख २३ गतेको मन्त्रिपरिषद्को निर्णयअनुसार कम्पनि ऐन, २०६३ को दफा १७३ (१)मा उल्लेख भएको ‘नेपाल सरकारको स्वामित्वमा रहेको संस्थान कम्पनिमा परिणत हुन सक्ने’ प्रावधान अन्तर्गत निर्जीवन बीमा व्यवसायलाई राष्ट्रिय बीमा संस्थानबाट अलग गरी छुटै सञ्चालन गर्ने गरी स्थापना भएको र कम्पनि रजिस्टारको कार्यालयमा मिति २०७१\०२\२८ गते दर्ता भएको थियो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।