बिपिडब्लु लघुवित्तको आईपीओ बाँडफाँड, कतिले पाए सेयर ?


बिपिडब्लु लघुवित्तले सर्वसाधारणका लागि जारी गरेको आईपीओ बाँडफाँड गरेको छ । ब्रिक्री प्रबन्धक मेगा क्यापिटलका अनुसार चैत ३ गते शुक्रबार आईपीओ बाँडफाँड भएको हो ।

कम्पनीको आईपीओ कुल ८ हजार ९५ जनाले १० कित्ताका दरले प्राप्त गरेका छन् । 

कम्पनीले फागुन १८ गतेदेखि २३ गतेसम्म सर्वसाधारणका लागि ८० हजार ९५० कित्ता शेयर निष्काशनमा ल्याएको थियो। लिमिटेडको आईपीओमा फागुन २३ गते साँझसम्ममा माग संख्याको तुलनामा २०७.१० गुणा बढी आवेदन परेको थियो । न्यून संख्यामा सेयर जारी गरेको लघुवित्त कम्पनीको सेयरमा उच्च आकर्षण देखिएको हो ।

सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडका अनुसार लघुवित्तको आईपीओमा कुल १४ लाख ५९ हजार ७८४ आवेदन मार्फत १ अर्ब ५७ करोड ३५ लाख ८१ हजार रुपैयाँ बराबरको माग परेको हो । जसमध्ये १४ लाख ५८ हजार २७८ आवेदन स्वीकृत भएको छ भने १ हजार १३६ आवेदन रद्द भएको छ।

कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपाली, कर्मचारी र सामुहिक लगानी कोषका लागि छुट्टाएर सर्वसाधारणबाट ८० करोड ९५ हजार मूल्यको ८० हजार ९५० कित्ता सेयर खरिदका लागि दरखास्त आह्वान गरेको थियो । 

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।