प्रभु बैंकले सीजी मोटर्सको विद्युतीय साधनमा सहुलियत कर्जा दिने


प्रभु बैंकले सीजी मोटर्सको विद्युतीय साधनमा सहुलियत कर्जा दिने भएको छ ।

बैंकका तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत मनिराम पोखरेल र सी.जी मोटर्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत हेमन्त अग्रवालले सम्झौतामा हस्ताक्षर गरेका हुन् ।

प्रभु बैंक र सी.जी मोटर्सबिच सम्पन्न उक्त सम्झौता अनुसार सी.जी मोटर्सले आयात गरेको नेटा भी मोडेल\ब्राण्डका इलेक्ट्रिक सवारी साधन खरिद गर्दा छिटो, छरितो र सहजताका साथ प्रतिस्पर्धी व्याजदरमा सवारी साधन कर्जा प्राप्त गर्न सक्ने व्यवस्था गरिएको छ ।

हाल बैंकको देशभर रहेको ३६५ शाखाबाट नै कर्जा सुबिधा उपलब्ध हुने बैंकले जनाएको छ ।यस सम्झौताबाट पेट्रोलियम पदार्थ खपतमा आधारित सवारीसाधनलाई विद्युतीय सवारीसाधनले प्रतिस्थापन गरी वातावरणिय सन्तुलनको दृष्टिकोणमा सहयोगी हुने बैंकले विश्वास लिएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।