‘अनलाइन प्रणालीको विकासले कारोबारमा सहजता’


अर्थ मन्त्रालका राजस्व सचिव डा रामप्रसाद घिमिरेले नागरिक लागनी कोषले सञ्चालन गरेको अनलाइन प्रणालीको विकासले कोषको कारोबारमा सहजता आएको बताएका छन् ।

कोषको ३३औँ वार्षिकोत्सवको अवसरमा शनिबार आयोजित कार्यक्रममा प्रमुख सचिव घिमिरेले विद्युतीय सरकारी लेखा प्रणालीबाट तथ्याङ्क लिन थालेपछि त्रुटि कम हुन थालेको बताए । उनले अन्य प्रतिस्पर्धी संस्थाको तुलनामा कोषप्रति आकर्षण बढ्दो क्रममा रहेको धारणा राखे ।

कार्यक्रममा कोष सञ्चालक समितिका अध्यक्ष प्रा डा सूर्यबहादुर थापाले कोषले आफूलाई अझ सुदृढ बनाउँदै राष्ट्रिय आकांक्षा पूरा गर्नेतर्फ कार्य गरिरहेको बताए । उनले आगामी दिनमा देशको आर्थिक वृद्धिमा टेवा पु¥याउने एवं रोजगारी सिर्जना गर्न, कृषि, पर्यटन, ऊर्जा र पूर्वाधार निर्माण जस्ता उत्पादनशील क्षेत्रमा लगानीलाई विस्तार गर्दै लैजानुपर्नेमा जोड दिए ।

अध्यक्ष थापाले कर्मचारी विनियमावली अगाडि बढेको, कोषको स्रोत, साधनअनुसार कार्यरत कर्मचारीको सेवा सुविधा परिमार्जन हुँदै आएको बताए । कोषका कार्यकारी निर्देशक रमण नेपालले चालु आर्थिक वर्षको पुस मसान्तसम्म कोषको खुद बचत परिचालन रकम दुई खर्ब छ अर्ब १९ करोड रुपैयाँ रहेकोमा उक्त अवधिमा कोषले रू दुई खर्ब पाँच अर्ब ६९ करोड लगानी गरेको बताए ।

कोषले लगानी गर्दा सुरक्षित र प्रतिफलमुखी राष्ट्रिय गौरव र प्राथमिकताका परियोजना छान्नुपर्ने विषयलाई उच्च प्राथमिकता दिएको उनको भनाइ छ । कार्यक्रममा नागरिक लगानी कोष कर्मचराी युनियनका अध्यक्ष सुरेश चालिसे र नेपाल वित्तीय संस्था कर्मचराी सङ्घका अध्यक्ष देवनारायण गुरागाईंले कोषले गर्नुपर्ने विषयमा व्यवस्थापनको ध्यानाकर्षण गराए ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।