मल्टीपर्पस फाइनान्सले हकप्रद सेयर जारी गर्ने


मल्टीपर्पस फाइनान्सले हकप्रद सेयर जारी गर्ने भएको छ । फाइनान्सले चुक्ता पुँजीको ३५ प्रतिशत हकप्रद सेयर जारी गरेर पुँजी वृद्धि गर्ने भएको हो ।

कम्पनीले हकप्रद सेयर निष्कासनका गर्न अनुमति माग गर्दै फागुन २९ गते नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) मा निवेदन दिएको हो । कम्पनीले हाल कायम चुक्ता पूँजी ४५ करोड २० लाख रूपैयाँको १ः ०.३५ अनुपातमा १ सय रूपैयाँ अंकित दरका १५ लाख ८२ हजार कित्ता सेयर निष्कासन गर्ने छ । 

गत आर्थिक वर्ष २०७८\७९ बाट कुनैपनि प्रकारको लाभांश वितरणको प्रस्ताव नगरेको फाइनान्स कम्पनीले पुस ३० गते २५ औं वार्षिक साधारण सभाबाट हकप्रद जारी गर्ने प्रस्ताव स्वीकृत गरेको थियाे ।

कम्पनीको बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।