सिद्धार्थ बैंक र बिन्ध्यबासीनी हाइड्रोपावरको बोनस नेप्सेमा सूचीकृत

0
Shares

सिद्धार्थ बैंक र बिन्ध्यबासीनी हाइड्रोपावरको बोनस सेयर नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा आइतबार सूचीकृत भएको छ ।

नेप्सेका अनुसार बैंकको चुक्ता पुँजीको १२.५० प्रतिशतले हुन आउने १ करोड ५६ लाख ५५ हजार ५३३ दशमलव ५४ कित्ता सेयर सूचीकृत भएको हो ।

त्यस्तै, बिन्ध्यबासीनी हाइड्रोपावरको चुक्ता पुँजीको ५ प्रतिशतले हुन आउने ५ लाख कित्ता बोनस सेयर पनि आइतबारै सूचीकृत भएको छ ।
दुबै कम्पनीले गत आवको नाफाबाट वितरण गरेका बोनस आज सूचीकृत भएको हो । साधारण सभाका लागि गरिएको बुकक्लोजको अघिल्लो कारोबार दिनसम्म नेप्सेमा कारोबार भई कायम रहेका सम्बन्धीत कम्पनीका सेयरधनीले मात्र आज सूचीकृत भएको बोनस सेयर पाउनेछन् ।

सिद्धार्थ बैंकको पुस २८ गते सम्पन्न भएको २१ औं वार्षिक  साधारण सभा तथा बिन्ध्यबासीनी हाइड्रोपावरको पुस २२ गते सम्पन्न भएको छैटौं वार्षिक साधारण सभाका लागि एकैदिन पुस १३ गते बुधबार बुकक्लोज गरिएको थियो । यसअनुसार दुबै कम्पनीको पुस १२ गते मंगलबारसम्म कायम सेयरधनी बोनसका लागि योग्य हुनेछन् ।

उक्त बोनस सेयर डिम्याट खातामा जम्मा भएपछि धितोपत्रको दोस्रो बजारमा कारोबार गर्न सकिनेछ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।