कुमारी बैंकको संस्थापक सेयर बिक्रीमा


कुमारी बैंकले ३८ हजार ६५० कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको छ ।

बैंकले संस्थापक सेयरधनीहरु तर्क बहादुर बुडाथोकीको नाममा रहेको ५ हजार २६४ कित्ता र पेगी पाण्डेको नाममा रहेको ३३ हजार ३८६ कित्ता सेयर गरेर कुल ३८ हजार ६५० कित्ता सेयर बिक्रीमा ल्याएको हो ।

यस सेयरमा बैंकका विद्यमान संस्थापक सेयरधनीले आवेदन दिन सक्नेछन् । संस्थापक सेयरधनीहरुबाट आवेदन नपरेमा मात्र आम सर्वसाधरणको लागी आवेदन खुलाइने छ ।

सेयर खरिद गर्न चाहनेले चैत ६ गते सोमबारदेखि ३५ दिनभित्र बैंकको सेयर रजिष्ट्रार कुमारी क्यापिटल र कुमारी बैंकको प्रधान कार्यालय टंगालमा वा कुमारी क्यापिटलको कार्यालय नक्साल नागपोखरी, काठमाण्डौंमा सम्पर्क गर्न सक्नेछन् । सेयर बिक्री मूल्य बिक्रेताले तोकेबमोजिम हुनेछ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।