घोडेजात्राको दिन पनि राहदानी विभाग खुल्ने


मगलबार सार्वजनिक बिदाको दिन पनि राहदानी विभाग खुल्ने भएको छ ।

सरकारले घोडेजात्राको दिन (भोली) सार्वजनिक विदा घोषणा गरे पनि राहदानी विभाग खुल्ला रहने भएको हो । बिहान १० बजेदेखि साढे २ बजेसम्म कार्यालय खोलिने विभागको सूचनामा उल्लेख छ ।

विभागद्वारा जारी सूचनामा भनिएको छ, ‘घोडेजात्राको दिन विहान १० बजेदेखि दिउँसो २:३० बजेसम्म कार्यालय खोलिने व्यहोरा सम्पूर्ण सरोकारवालाहरुलाई सूचित गरिन्छ ।’

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।