दोल्ती पावरको आईपीओ भर्न छुट्यो की !


दोल्ती पावर लिमिटेडले स्थानिय वासिन्दाको लागि निष्काशन गरेको आइपीओ आजसम्म मात्र आवेदन दिन सकिने छ ।  फागुन ८ गतेदेखि निष्काशन बिक्री खुला गरेको आइपीओमा अब चैत ७ गते (आज)  सम्म मात्र आवेदन दिन सकिने छ ।

कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि जारी पूँजी ५३ करोड ६४ लाख ८६ हजार रुपैयाँको १० प्रतिशतले हुन आउने प्रति सेयर १०० रुपैयाँ दरका ५ लाख ३६ हजार ४८६ कित्ता आईपीओ निष्कासन गर्ने भएको हो ।

स्थानीय बासिन्दालाई छुट्टाइएको सेयरमध्ये दैलेखको अति प्रभावित क्षेत्र नौमुले र कालिका गाविसमा स्थायी बसोबास गर्ने स्थानिय बासिन्दाहरुको लागि २ लाख ६८ हजार २४३ कित्ता र आयोजन प्रभावित क्षेत्र दैलेख जिल्लाका स्थानीय बासिन्दाहरुले २ लाख ६८ हजार २४३ कित्ता खरिदका लागि आवेदन दिन सक्नेछन् ।

सो आईपीओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा १० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् । दोल्ती पावरको सेयर निष्काशन तथा बिक्री प्रबन्धक एन आई सी एशिया क्यापिटल लिमिटेड रहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।