किसान लघुवित्तको साधारण सभा र बुकक्लोज मिति तय


किसान लघुवित्त वित्तीय संस्था लिमिटेडले चैत २८ गतेका लागि साधारण सभा आह्वान गरेको छ ।

लघुवित्त सञ्चालक समितिको चैत ५ गते बसेको बैठकले चैत २८ गते बिहान ११ बजे काठमाण्डौं सुन्दरबस्तीमा रहेको -याकेट इभेण्टसमा साधारण सभा बोलाएको हो ।

लघुवित्तको गत आर्थिक वर्ष २०७८\७९ को मुनाफाबाट सेयरधनीहरुलाई चुक्ता पुँजीको ७ प्रतिशतका दरले बोनस सेयर र कर प्रयोजनको लागि ०.३६८४२ प्रतिशत नगद लाभांश पारित गर्नेछ ।

सभाले बोनस सेयर पारित गर्नको लागि चुत्ता पूँजी वृद्धि गर्ने छ । यस्तै सार्वजनिक निष्काशन (एफपीओ) सर्वसाधारणमा जारी गरी प्रबन्धपत्र र नियमावलीमा संसोधन गर्ने छ ।

यस्तै सभाले २०७८\७९ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन सहितको वासलात तथा सोही मितिमा समाप्त आर्थिक वर्ष २०७८\७९ को नाफा नोक्सान तथा आय व्यय हिसाब र सोही अवधिको नगद प्रवाह विवरण छलफल गरी पारित गर्ने छ ।

साधारण सभा र लाभांश वितरण प्रयोजनका लागि कम्पनीले चैत २० गते बुकक्लोज मिति तय गरेको छ । बुकक्लोज अनुसार चैत १९ गते आइतबारसम्म नेप्सेमा सेयर कारोबार भइ कायम रहेको सेयरधनीहरुले मात्र लाभांश पाउन  र वार्षिक साभारण सभामा भाग लिन पाउने छन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।