सिटिजन लाइफको नयाँ बोनसदर सार्वजनिक, अधिकतम ७५ प्रतिशतसम्म दिने

0
Shares

सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आर्थिक वर्ष २०७८।७९ को लागि नयाँ बोनसदर सार्वजनिक गरेको छ । कम्पनीले ६ प्रकारका बीमालेखमा वार्षिक न्यूनतम २७ रूपैयाँदेखि अधिकतम ७५ रूपैयाँसम्मको बोनसदर निर्धारण गरेको हो ।

कम्पनीले आर्थिक वर्ष २०७८/७९ को लागि प्रतिवर्ष प्रतिहजार बीमांक रकममा उल्लिखित बोनसदर निर्धारण गरेको हो । यो बोनसदर कम्पनीले भुक्तानी गर्ने मृत्यु दाबी, पूर्ण वा आंशिक अवधि भुक्तानी दाबी, समर्पण मूल्य दाबी, चुक्ता मूल्य दाबी र चालू बीमालेखमा भुक्तानी हुनुका साथै अर्को बीमांकीय मूल्यांकन प्रतिवेदन बमोजिम नेपाल बीमा प्राधिकरणबाट अर्को व्यवस्था गर्न स्वीकृति नभएसम्म लागू हुने जानकारी कम्पनीले दिएको छ ।

कम्पनीले अग्रिम भुक्तानी सावधिक (रेगुलर) जीवन बीमालेखमा न्यूनतम ४४ रूपैयाँदेखि अधिकतम ५५ रूपैयाँसम्मको बोनसदर निर्धारण गरेको छ । कम्पनीले १० वर्षदेखि १४ वर्षसम्मको बीमालेखमा ४४ रूपैयाँ, १५ देखि १९ वर्ष अवधिको बीमालेखमा ४९ रूपैयाँ र २० वर्षदेखि २४ वर्षसम्मका लागि ५५ रूपैयाँ बोनसदर निर्धारण गरेको छ ।

यसैगरी साविधिक जीवन बीमालेखमा न्यूनतम ३८ रूपैयाँदेखि अधिकतम अधिकतम ७३ रूपैयाँसम्म बोनसदर दिने कम्पनीको भनाइ छ । सावधिक जीवन बीमालेख ९ वर्षसम्मको लागि ३८ रूपैयाँ, १० वर्षदेखि १४ वर्षसम्मका लागि ४२ रूपैयाँ, १५ देखि १९ वर्षका लागि ४५ रूपैयाँ, २० देखि २४ वर्षसम्मका लागि ५० रूपैयाँ, २० देखि २४ वर्षका लागि ५० रूपैयाँ र ३० वर्ष वा सोभन्दा बढी अवधिका लागि ७३ रूपैयाँ बोनसदर तय भएको छ ।

त्यस्तै कम्पनीले सिटिजन शुभारम्भ योजना (सावधिक प्लस) बीमालेखमा ९ वर्षदेखि ३० वर्षमाथिसम्मको अवधिका लागि न्यूनतम ३५ रूपैयाँदेखि अधिकतम ७५ रूपैयाँसम्म बोनसदर दिने भएको छ । ९ वर्ष अवधिको यस बीमालेखमा ३५ रूपैयाँ, १० देखि १४ वर्ष अवधिको लागित ३८ रूपैयाँ, १५ देखि १९ वर्ष अवधिको लागि ४० रूपैयाँ, २० देखि २४ वर्ष अवधिका लागि ४६ रूपैयाँ, २५ देखि २९ वर्ष अवधिका लागि ६५ रूपैयाँ र ३० वर्षभन्दा बढी अवधिका लागि ७५ रूपैयाँ बोनसदर कम्पनीले निर्धारण गरेको कम्पनीले जनाएको छ ।

साथै सिटिजन बाल भविष्य योजना (सावधिक) बीमालेखमा कम्पनीले न्यूनतम ४२ रूपैयाँदेखि अधिकतम ६५ रूपैयाँसम्मको बोनसदर तय गरेको छ । १० देखि १४ वर्ष अवधिको लागि ४२ रूपैयाँ, १५ देखि १९ वर्ष अवधिका लागि ४५ रूपैयाँ, २० वर्षदेखि २४ वर्ष अवधिका लागि ५० रूपैयाँ र २५ देखि २९ वर्ष अवधिको लागि ६५ रूपैयाँसम्मको बोनसदर तय गरेको हो ।

त्यस्तै वार्षिक अग्रिम भुक्तानी सावधिक बीमालेखमा कम्पनीले न्यूनतम २५ रूपैयाँदेखि अधिकतम २८ रूपैयाँसम्मको बोनसदर कम्पनीले निर्धारण गरेको छ । ९ वर्ष अवधिको लागि २५ रूपैयाँ, १० देखि १४ वर्षका लागि २७ रूपैयाँ, १५ देखि १९ वर्ष अवधिका लागि २७ रूपैयाँ र २० देखि २४ वर्ष अवधिको लागि २८ रूपैयाँसम्मको बोनसदर कम्पनीले निर्धारण गरेको हो ।

सावधिक तथा आजीवन बीमालेख (सिटिजन जीवन सारथी योजना) मा पनि कम्पनीले अधिकतम ७५ रूपैयाँसम्मको बोनसदर दिने भएको छ । कम्पनीले यस योजनामा ९ वर्ष अवधिका लागि ३७ रूपैयाँ, १० देखि १४ वर्ष अवधिका लागि ३८ रूपैयाँ, १५ देखि १९ वर्ष अवधिका लागि ४० रूपैयाँ, २० देखि २४ वर्ष अवधिका लागि ४२ रूपैयाँ, २५ देखि २९ वर्ष अवधिका लागि ६० रूपैयाँ र ३० वा सोभन्दा बढी अवधिका लागि ७५ रूपैयाँ बोनसदर निर्धारण गरिएको हो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ । 

प्रकाशित मिति: ८ चैत २०७९, बुधबार  ०९ : ५५ बजे