बिपिडब्लु लघुवित्तको कतिमा खुल्ला पहिलो कारोबार ?

0
Shares

बिपिडब्लु लघुवित्त वित्तीय संस्था लिमिटेडको साधारण सेयर चैत ३ गते शुक्रबार बाँडफाँड भएको छ । सेयर बाँडफाँडसँगै कम्पनीको आईपीओ कतिमा सेयर कारोबार खुल्छ भन्ने चासो आम लगानीकर्तामा बढेको छ ।

नेपाल स्टक एक्सचेन्जले धितोपत्रको दोस्रो बजारमा आउने कम्पनीको सेयर कारोबारका लागि सम्बन्धीत कम्पनीको परिष्कृत वित्तीय विवरणका आधारमा प्रतिसेयर नेटवर्थको तीन गुणासम्म मूल्य रेञ्ज तोक्ने गर्दछ । प्रतिसेयर नेटवर्थलाई न्यूनतम र त्यसको तीन गुणासम्म अधिकतम कारोबार रेञ्ज निर्धारण गरिने भएको छ ।

कम्पनीको आव २०७७/७८ को परिष्कृत वित्तीय विवरणका वास्तविक प्रति सेयर नेटवर्थ ८६ रुपैयाँ ७८ पैसा रहेको छ । उक्त प्रति सेयर नेटवर्थलाई आधार मान्दा सोही आधारमा कम्पनीको आईपीओले पहिलो कारोबारको लागि न्यूनतम ८६ रुपैयाँ ७८ पैसादेखि अधिकतम २६० रुपैयाँ ३४ पैसासम्मको ओपनिङ्ग रेञ्ज पाउने देखिएको छ । हाल बिपिडब्लू लघुवित्तको सेयर सूचीकरण प्रक्रियामा रहेको छ ।

कम्पनीले सर्वसाधारणका लागि फागुन १८ गतेदेखि २३ गतेसम्म ८० हजार ९५० कित्ता आईपीओ बिक्री खुला गरेको थियो । चैत ३ गते भएको कम्पनीको आईपीओ बाँडफाँडमा ८ हजार ९५ जना सर्वसाधारण आवेदकले १० कित्ताका दरले सेयर हात पारेका छन् । आईपीओ खरिका लागि कुल १४ लाख ५९ हजार २७८ जना आवेदकले १ करोड ५७ लाख १६ हजार ७६० कित्ताका लागि आवेदन दिएका थिए ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।