सानिमा बैंक लिमिटेडले ५ लाख १० हजार कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको छ ।
बैंकले पहिलो चरणमा विद्यमान संस्थापकहरुले मात्र आवेदन गर्न पाउने गरी उक्त सेयर बिक्रीमा ल्याएको हो ।
इच्छुक आवेदकले आज (चैत १०) गतेदेखि ३५ दिनभित्र बैंकको प्रधान कार्यालय नक्साल काठमाण्डौंमा आवेदन दिइसक्नुपर्ने छ । संस्थापक सेयरधनीले न्युनतम २ लाख कित्ता सेयर खरिद गर्नु पर्ने छ । सेयरको बिक्री मूल्य प्रतिकित्ता १४५ रुपैयाँ तोकिएको छ ।
आवेदन फारममा आफुले लिन चाहेको सेयर संख्या तथा प्रति कित्ता दर अंक र अक्षरमा स्पष्ट लेख्नु पर्नेछ । तोकिएको मितिभित्र संस्थापक सेयरधनीको आवेदन नआएमा मात्र शेयरधनी भन्दा बाहिरका व्यक्ति वा संस्थालाई सेयर बिक्री गरिने छ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया