सुनको भाउ वृद्धि, आज कतिमा हुँदैछ कारोबार ?


शुक्रबार पनि स्थानिय बजारमा सुन-चाँदीको भाउ बढेको छ ।

हिजो १२ सय रुपैयाँले बढेको सुनको भाउमा आज पनि वृद्धि भएको हो ।

छापावाला सुन आज ८ सय रुपैयाँले बढेर १ लाख ९ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ । हिजो सोही सुन प्रतितोला १ लाख ९ हजार रुपैयाँमा कारोबार भएको थियो । यस्तै आज तेजावी सुन प्रतितोला १ लाख ९ हजार ३ सय रुपैयाँ निर्धारण गरिएको छ । तेजावी सुन हिजो १ लाख ८ हजार ५ सय रुपैयाँ कायम गरिएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार चाँदी आज स्थिर रहेको छ । हिजो १ हजार ३६० रुपैयाँमा कारोबार भएको चाँदी आज पनि सोही भाउमा कारोबार भइरहेको छ ।

नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघ र नेपाल सुनचाँदी व्यवसायी महासंघले अन्तर्राष्ट्रिय बजारमा हुने सुनचाँदीको मूल्यमा भएको उतारचढावको आधारमा नेपालमा दैनिक सुन तथा चाँदीको कारोबार मुल्य तोक्दै आएका छन् । आज अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस १ हजार ९९२.१६ र चाँदी प्रतिऔंस २३.०८ डलरको हाराहारीमा कारोबार भइरहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ।