सुनको भाउमा गिरावट, आज कतिमा हुँदैछ कारोबार ?


आइतबार स्थानिय बजारमा सुनको भाउ घटेको छ ।

लगातार २ दिन बढेको छापावाला सुन आज तोलाको ६०० रुपैयाँले घटेर १ लाख ९ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

शुक्रबार सोही सुन प्रतितोला १ लाख ९ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो । यस्तै आज तेजावी सुन प्रतितोला १ लाख ८ हजार ७ सय रुपैयाँ निर्धारण गरिएको छ । तेजावी सुन शुक्रबार १ लाख ९ हजार ३ सय रुपैयाँ कायम गरिएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार चाँदी भने १० रुपैयाँले वृद्धि भएको छ । हिजो १ हजार ३६० रुपैयाँमा कारोबार भएको चाँदी आज पनि १० रुपैयाँले बढेर १ हजार ३७० रुपैयाँमा कारोबार भइरहेको छ ।

नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघ र नेपाल सुनचाँदी व्यवसायी महासंघले अन्तर्राष्ट्रिय बजारमा हुने सुनचाँदीको मूल्यमा भएको उतारचढावको आधारमा नेपालमा दैनिक सुन तथा चाँदीको कारोबार मुल्य तोक्दै आएका छन् ।

आज अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस १ हजार ९७८.७५ र चाँदी प्रतिऔंस २३.२३ डलरको हाराहारीमा कारोबार भइरहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।