पाँच लघुवित्तको सेयरधनीको भयो हात खाली, ९ को घोषणा हुन बाँकी

0
Shares

नेप्सेमा सुचीकृत ६० वटा लघुवित्त कम्पनीहरुमध्ये पाँच लघुवित्तले गत आर्थिक वर्ष २०७८।७९ बाट सेयरधनीको हात खाली बनाएका छन् ।

नाडेप लघुवित्त, गणपति माइक्रोफाइनान्स, युनिक नेपाल लघुवित्त, उन्नति सहकार्य लघुवित्त र आरम्भ चौतारी लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्ष २०७८।७९ बाट लाभांश वितरण नगर्ने घोषणा गरेपछि सेयरधनीको आत खाली भएको हो ।

सुचीकृत ६० मध्ये ४६ कम्पनीले गत आर्थिक वर्ष २०७८।७९ बाट सेयरधनीलाई लाभांश वितरण गरेका छन् । अब ९ वटा लघुवित्तले लाभांश बाँड्ने नबाँड्ने निर्णय गर्न बाँकी छ । यसरी लाभांशको घोषणा गर्न बाँकी लघुवित्त कम्पनीहरुमा मानुषी लघुवित्त, समाज लघुवित्त, ग्रामीण विकास लघुवित्त, वीन नेपाल, राष्ट्र उत्थान लघुवित्त, अभियान लघुवित्त, धौलागिरी लघुवित्त, श्रृजनशील लघुवित्त र खप्तड लघुवित्त वित्तीय संस्था रहेका छन् ।

हालसम्म जाल्पा लघुवित्तले सबैभन्दा धेरै ७३ प्रतिशत बोनस र ३.८४ प्रतिशत नगद गरी कुल ७६.८४ प्रतिशत लाभांश वितरणको प्रस्ताव गरेको छ । दोस्रोमा नेष्डो समृद्ध (कुल ७३.६८ प्रतिशत) र तेस्रोमा उपकार (कुल ६५ प्रतिशत) रहेको छ । सबैभन्दा कम लाभांश वितरण गरेको गुराँस लघुवित्तले ४ प्रतिशत बोनस र ०.२१ प्रतिशत नगद गरी कुल ४.२१ प्रतिशत लाभांश वितरण गरेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ।